Logo
Logo

ललितपुरका संवेदनशील क्षेत्र निषेधित घोषित, सभा–जुलुसमा पूर्ण प्रतिबन्ध


378
Shares

काठमाडौं । ललितपुर जिल्ला प्रशासन कार्यालयले हाल उपत्यकामा चर्किएको जेन–जी आन्दोलन र त्यससँग सम्बन्धित प्रदर्शनहरूका कारण उत्पन्न हुनसक्ने सुरक्षा जोखिमलाई मध्यनजर गर्दै जिल्लाका केही क्षेत्रहरूलाई निषेधित क्षेत्र घोषणा गरेको छ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) अनुसार प्रमुख जिल्ला अधिकारीको आदेशमा भदौ २३ गते साँझ ६ बजेदेखि अर्को सूचना जारी नभएसम्म सभा, जुलुस, प्रदर्शन, धर्ना, भेला लगायतका कुनै पनि गतिविधि निषेध गरिएको छ।

प्रशासनले निषेधाज्ञाको उल्लंघन गर्नेलाई कानुनी कारबाही गरिने चेतावनी पनि दिएको छ।


निषेधित क्षेत्रहरू:

  1. पुल्चोकस्थित युएन हाउस र न्यायाधीश निवास आसपासको २०० मिटर क्षेत्र
    • पूर्व: इनारमोड जाने बाटो
    • पश्चिम: निजामती राष्ट्रिय किताबखाना
    • उत्तर: आन्तरिक राजस्व कार्यालय
    • दक्षिण: मानव अधिकार आयोग
  2. भैंसेपाटीस्थित नयाँ मन्त्री निवास क्षेत्र
    • पूर्व: भैंसेपाटी–बुंगमती सडक
    • पश्चिम: सिजी हाउजिङ
    • उत्तर: भैंसेपाटी आवास गेट
    • दक्षिण: इटनी जाने बाटो
  3. सानेपास्थित नेपाली काँग्रेसको केन्द्रीय कार्यालय क्षेत्र
    • पूर्व: सानेपा चोक–इन्द्रायणी मन्दिर सडक
    • पश्चिम: बल्खु पुल–मनमोहन पार्क (बागमती करिडोर)
    • उत्तर: चक्रपथ सर्भिस लेन
    • दक्षिण: इन्द्रायणी मन्दिर–बागमती करिडोर सडक
  4. च्यासलस्थित नेकपा (एमाले) को केन्द्रीय कार्यालय क्षेत्र
    • पूर्व: मनोहरा खोला करिडोरको झोलुंगे पुल
    • पश्चिम: च्यासल रंगशाला
    • उत्तर: मनोहरा खोला
    • दक्षिण: मल पोखरी जाने बाटो

प्रशासनले सार्वजनिक शान्ति, सुरक्षा र अमनचयन कायम राख्न यो कदम चालेको जनाउँदै शान्तिपूर्ण प्रदर्शनको नाममा हुने सम्भावित उपद्रव रोक्न प्रतिबन्ध आवश्यक भएको स्पष्ट पारेको छ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000