Logo
Logo

विपक्षी दलहरूले मागे प्रधानमन्त्रीको राजीनामा


441
Shares

काठमाडौं । विपक्षी दलहरुको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ ।

आज बिहान सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बसेको विपक्षीहरुको बैठकले सरकारले जेनजी आन्दोलनमा दमन गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको हो ।

बैठकपछि माओवादीमा उपमहासचिव वर्षमान पुनले सरकारले युवाहरूको आक्रोशलाई बुझ्न नसक्दा सोमबारको घटना घटेको बताए ।

उनले भने, ‘जेनजीहरुको माग जायज छ, सरकारले उनीहरुको आक्रोशलाई बुझ्न सकने, सम्बोधन गर्न चाहेन, जसको परिणाम यो भएको हो ।’

युवाहरूको स्वतःस्फूर्त आन्दोलनलाई कुनै पनि पार्टीले आफ्नो स्वार्थमा प्रयोग गर्नु बेठिक हुने उनले बताए । ‘सरकारबाटै ठुलो नरसंहार भएको छ,’ उनले भने ।

साथै उच्चस्तरीय आयोग गठन गरी सत्यतथ्य छानबिन गरी दोषीमाथि कडाभन्दा कडा कारबाही गर्न पनि बैठकले माग गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्