Logo
Logo

सैनिक मुख्यालय अगाडि कुटाकुट गर्ने एमालेका कार्यकर्ता रहेको खुलासा


233.7k
Shares

काठमाडौं । नेपाली सेनाको मुख्यालय अगाडि भएको कुटाकुटमा संलग्न व्यक्ति नेकपा एमालेका कार्यकर्ता भएको खुलेको छ ।

अन्तरिम प्रधानमन्त्री चयनको माग गर्दै जंगी अड्डा अगाडि भेला भएका जेनजी समूहका युवाहरूबीच केहीबेर अघि विवाद चर्किँदा कुटाकुट भएको थियो । सो घटनामा एमालेका कार्यकर्ता प्रमे लामासमेत संलग्न रहेको पाइएको छ । लामा अनेरास्ववियुका केन्द्रीय समिति सदस्य हुन् ।

उनले हिजो बुधबारबाट भने जेनजीको पक्षमा सामाजिक सञ्जालमा लेख्न थालेको पाइएको छ । जेनजी आन्दोलनबारे यो समाचार तयार पार्दासम्म उनले पाँच वटा भिडियो पोस्ट गरेका छन् । 

उनले लेखेका छन्– 
कमरेडहरू अभिवादन
जिल्ला कमिटीको यही भाद्र ४ गते १ बजे हुन गइरहेको विस्तारित बैठकमा शाखा कमिटी अध्यक्ष , इलाका कमिटी अध्यक्ष तथा पदाधिकारी र जिल्ला कमिटीका सम्पूर्ण कमरेडहरूलाई तोकिएको समय र स्थानमा 
आफ्ना महत्त्वपूर्ण सल्लाह ,सुझाव सहित अनिवार्य उपस्थित हुन हार्दिक अनुरोध गर्दछौ।                         
लेखा समिति
उपाध्यक्ष प्रेम लामा

उनले हिजो बुधबारबाट भने जेनजीको पक्षमा सामाजिक सञ्जालमा लेख्न थालेको पाइएको छ । जेनजी आन्दोलनबारे यो समाचार तयार पार्दासम्म उनले पाँच वटा भिडियो पोस्ट गरेका छन् । 

जंगी अड्डामा हाल अन्तरिम मन्त्रिपरिषदको नेतृत्वबारे छलफल जारी छ । उक्त बैठकमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्री बनाउने प्रस्ताव भएपछि त्यसको विरोधमा केही युवाहरू नाराबाजी गर्दै सैनिक मुख्यालय अगाडि पुगेका थिए ।

यता काठमाडौंका मेयर बालेन्द्र साह (बालेन) र धरानका मेयर हर्क साम्पाङका समर्थकहरू पनि त्यही क्षेत्रमा जम्मा भएका छन् । दुई पक्षबीच झडप भएपछि जंगी अड्डा अगाडिको क्षेत्र तनावग्रस्त बनेको छ ।

सैनिक मुख्यालय परिसर अगाडि भिड जम्मा हुन नदिएपछि युवाहरू सुन्धारा क्षेत्रमा भेला हुन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्