काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ‘जेनजी’ आन्दोलनको क्रममा हालसम्म अस्पतालमा उपचाररत ३४ जनाको मृत्यु भइसकेको छ भने १,३६८ जना घाइतेको उपचार गरिएको छ।

मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीका अनुसार देशभरका ४१ अस्पतालमा घाइतेहरूको उपचार भइरहेको छ। मन्त्रालयले विभिन्न अस्पतालहरूसँग समन्वय गरी मृत्यु र घाइतेहरूको विवरण संकलन गरी सार्वजनिक गरेको हो।
मृत्यु हुनेको विवरण ३४ जना
निजामती कर्मचारी अस्पताल – ६ जना
राष्ट्रिय ट्रमा सेन्टर – ८ जना
एभरेष्ट अस्पताल– ३ जना
काठमाडौँ मेडिकल कलेज, सिनामङ्गल – २ जना
त्रिवि शिक्षण अस्पताल– १ जना
बयोधा अस्पताल – २ जना
फ्रन्टलाइन अस्पताल – ३ जना
बी एन्ड सी अस्पताल, बिर्तामोड– १ जना
विर्तासिटी अस्पताल – १ जना
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान – २ जना
भेरी अस्पताल– ५ जना
घाइतेहरूको विवरण:
हालसम्म १,३६८ जना घाइते मध्ये ९४९ जना उपचारपछि डिस्चार्जभइसकेका छन्। हाल ३२१ जना अस्पतालमा उपचाररत छन्।हाल उपचाररत घाइतेको अस्पताल अनुसार विवरण:
निजामती कर्मचारी अस्पताल – ४८ जना
राष्ट्रिय ट्रमा सेन्टर – ५८ जना
त्रिवि शिक्षण अस्पताल – २५ जना
काठमाडौँ मेडिकल कलेज – ३५ जना
वीरेन्द्र सैनिक अस्पताल – २६ जना
स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाका अनुसार घाइतेहरूको उपचारमा कुनै कमी नगरिने प्रतिबद्धता जनाइएको छ।














