Logo
Logo

काठमाडौँमा सुरक्षा थप मजबुत: पाँचखालबाट सेनाको नयाँ टोली परिचालन


819
Shares

काभ्रेपलाञ्चोक। राजधानी काठमाडौँमा जारी सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै नेपाली सेनाको थप टोली काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति तालिम केन्द्रबाट बिहीबार दिउँसो काठमाडौँ पठाइएको छ।

The current image has no alternative text. The file name is: army.jpg

करीब आधा दर्जन सवारीसाधनमा सेनाको फौज राजधानीतर्फ प्रस्थान गरेको हो।

गत सोमबार र मंगलबार राजधानीमा भएको ध्वंसात्मक प्रदर्शनपछि सुरक्षा नेतृत्व नेपाली सेनाले लिएको थियो। अहिले पनि काठमाडौँसहित देशका विभिन्न स्थानमा निषेधाज्ञा लागू छ।

सुरक्षालाई थप प्रभावकारी बनाउन सेनाको अतिरिक्त फौज राजधानी पठाइएको सुरक्षा स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्