Logo
Logo

सङ्खुवासभामा शुक्रवार बिहानसम्म कर्फ्यु


189
Shares

काठमाडौं । जेनजी आन्दोलनसँगै उत्पन्न सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी जिल्ला प्रशासन कार्यालयले सङ्खुवासभाले आज साँझदेखि कर्फ्यु आदेश जारी गरेको छ ।

The current image has no alternative text. The file name is: sankhuwa-sabha.gif

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) अनुसार लागू गरिएको कर्फ्युआदेश आज साँझ ६ः०० बजेदेखि शुक्रवार बिहान ६ः००  बजेसम्म कायम रहनेछ।

कर्फ्यु अवधिभर निषेधित क्षेत्रमा सभा, जुलुस, प्रदर्शन, भेला वा आवतजावत गर्न पाइने छैन। आदेश उल्लङ्घन गर्नेहरूलाई सुरक्षाकर्मीले तत्काल नियन्त्रणमा लिई कारबाही गर्ने चेतावनी  दिइएको छ।

प्रतिक्रिया दिनुहोस्