काठमाडौं । सेनाले बारम्बार दुर्गा प्रसाईँलाई वार्तामा समेट्ने प्रयास गरेपछि ‘जेन–जी’ अभियानका अभियन्ताहरू वार्ताबाट बाहिरिएका छन् ।

बिहीबार दिनभरि वार्ताको प्रयास भएको थियो । तर, प्रधानसेनापति अशोकराज सिग्देलले दुर्गा प्रसाईँलाई पनि सरोकारवाला भन्दै निरन्तर अगाडि सारिरहेपछि ‘जेन–जी’ अभियन्ताहरूले वार्ता त्यागेका हुन् । अब जेनजीहरु सेनासँग नभई सिँधै राष्ट्रपति रामचन्द्र पौडेलसँग वार्ता गर्ने अडान लिएका छन् ।
‘जेन–जी’ अभियन्ताहरूले राष्ट्रपति पौडेलको भूमिका केवल विज्ञप्ति जारी गर्नेमा सीमित नहुने, तर राजनीतिक निकासका लागि प्रत्यक्ष वार्ता गर्नुपर्ने माग राखेका छन् ।
यदि माग नपुरा भए फेरि आन्दोलनमा जाने चेतावनीसमेत दिएका छन् । उनीहरूले अब छिट्टै सत्याग्रह सुरु गर्ने तयारी गरिरहेका छन् ।














