
चन्द्रपुर । जिल्ला प्रशासन कार्यालय रौतहटले शनिबार बिहानसम्मका लागि निषेधाज्ञा र कर्फ्यू आदेश जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले आज बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म निषेधाज्ञा र साँझ ७ बजेदेखि भोलि बिहान ६ बजेसम्म कर्फ्यू आदेश जारी गरेका हुन् । अत्यावश्यक आवतजावतका लागि आज साँझ ५ बजेदेखि ७ बजेसम्मको समय तोकिएको छ ।
निषेधाज्ञा वा कर्फ्यूको समयमा भेला, जुलुस, सभा, बैठक, प्रर्दशन, पोष्टर पर्चाजस्ता सामग्री टाँस्न वा लेख्न एवं शान्ति र व्यवस्थामा असर हुने कुनै पनि कार्य गर्न र पाँच जनाभन्दा बढी भेला हुन पाइने छैन ।














