काठमाडौं । जेनजी प्रर्दशनका क्रममा गोली लागेर मृत्यु भएकाहरूको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पोष्टमर्टम सुरू भएको छ । शुक्रबार मृतकका परिवारले प्रहरी परिसर काठमाडौंबाट पोस्टमर्टमका लागि पत्र लिएपछि पोष्टमार्टम सुरु गरिएको अस्पतालले जनाएको छ ।

शिक्षण अस्पतालका अनुसार शुक्रबार ९ जना मृतकको परिवारले प्रहरीको पत्र लिएर आएका छन् । आधिकारीक पत्र लिएर आएकाले पोष्टमर्टम सुरू गर्न थालिएको शिक्षण अस्पतालको फरेन्सिक मेडिसिन विभागले जनाएको छ ।
विभागका अनुसार अहिलेसम्म ३६ जनाको शव विभागमा आइपुगेको छ । मंगलबारदेखि नै शव आएपनि प्रहरीसँग समन्वय हुन नसक्दा पोष्टमर्टम हुन सकेको थिए । प्रहरीसँग समन्वय नहुँदा शवलाई सुरक्षित राखिएको थियो । प्रहरीको पत्र आएसँगै पोष्टमर्टम गर्न लागिएको मेडिसिन विभागले जनाएको छ ।














