Logo
Logo

पाँच दिनदेखि शवको पर्खाइमा परिवार


378
Shares

बाँके। जेनजी आन्दोलनका क्रममा काठमाडौँमा प्रहरीको गोली लागी ज्यान गुमाएका नेपालगञ्ज उपमहानगरपालिका–१ का १९ वर्षीय आयुष थापा र २३ वर्षीय सुलभराज श्रेष्ठको शव पाँच दिनसम्म पनि घर ल्याउन नसकिएको हुँदा परिवार र आफन्तहरू थप पीडामा छन्।

सुलभराज काठमाडौंमा इन्जिनियरिङ पढ्दै थिए भने आयुष फिनल्यान्ड जान हालै काठमाडौं गएका थिए। घटना जानकारी पाएपछि दुवैका बाबुहरू काठमाडौं पुगे पनि शव ल्याउन सकेका छैनन्। वडा नं १ का अध्यक्ष प्रमोद रिजालका अनुसार शव ल्याउनका लागि आवश्यक कानुनी प्रक्रिया पूरा भइसकेकाले चाँडै आउने आशा गरिएको छ।

वडाले शोक विज्ञप्ति जारी गरी श्रद्धाञ्जली अर्पण गरेको छ।

प्रतिक्रिया दिनुहोस्