गण्डकी । जेनजी आन्दोलनको दौरान कास्की कारागारबाट फरार भएका ७७३ मध्ये ८५ जना कैदीबन्दी आज साँझसम्ममा फर्किएका छन्।

कारागार कार्यालयका सूचना अधिकारी महेन्द्रबहादुर कुँवरका अनुसार कैदी फर्किने क्रम जारी छ र कारागार विभाग तथा प्रहरीले सम्पर्कमा रहेका कैदीलाई आफन्तमार्फत फर्कन आग्रह गरिरहेको छ।
मंगलबार राति प्रदर्शनकारीले कारागार तोडेर ३५ महिलासहित ७७३ कैदी भगाएका थिए। प्रहरीले तीन फरार कैदीलाई बागलुङ–पर्वत सीमाबाट नियन्त्रणमा लिएको छ र खोजी कार्य तीव्र बनाइएको छ।














