Logo
Logo

सुशीला कार्कीले शपथ लिएपछि मात्र संसद् विघटन गरिने


2.6k
Shares

काठमाडौँ। नेपालकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज राति ९ बजे पद तथा गोपनीयताको शपथ लिने भएकी छन्। राष्ट्रपतिको कार्यालयले उनको नियुक्ति पुष्टि गरिसकेको छ।

शपथ लगत्तै मन्त्रिपरिषद् बैठक बस्नेछ र सो बैठकबाट प्रतिनिधिसभा विघटनको सिफारिस गरिने तयारी छ। राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार मन्त्रिपरिषद्ले संसद् विघटनको सिफारिस गरेपछि राष्ट्रपतिबाट त्यसै आधारमा संसद् विघटन गरिनेछ।

मन्त्रिपरिषद्मा को–को सहभागी हुने भन्ने विवरण आउन बाँकी भए पनि, शपथलगत्तै सबै संवैधानिक प्रक्रिया सम्पन्न हुने जनाइएको छ। यो निर्णयसँगै नेपालमा नयाँ राजनीतिक अध्याय सुरु हुँदैछ।

प्रतिक्रिया दिनुहोस्