Logo
Logo

रवि लामिछाने कारागार फर्कन तयार


2k
Shares

काठमाडौं । रास्वपाका सभापति रवि लामिछाने कारागार फर्कन तयार भएको बताएका छन् । आज अपराह्न कार्यवाहक सभापति, जिल्ला प्रशासन प्रमुख र कारागार प्रमुखबीच भएको भेटवार्ता भएको थिएको थियो । भेटवार्तापछि पार्टीका प्रवक्ता मनिष झाले सञ्चारकर्मीलाई जानकारी दिँदै भने, ‘प्रशासनले खबर गरेपश्चात् अध्यक्षज्यू कारागार फर्किन तयार हुनुहुन्छ ।’

The current image has no alternative text. The file name is: Rabi-Lamichhane.jpg

यसअघि जेनजी आन्दोलनको क्रममा नख्खु कारागारमा रहेका कैदी बन्दीलाई भिडले बाहिर ल्याएपछि लामिछाने पनि बाहिरिएका थिए । तर, उनी पुनः कानुनी प्रक्रियाअनुरूप कारागार फर्कन तयार रहेको प्रवक्ता झाले स्पष्ट पारेका छन् । जिल्ला प्रशासन कार्यालयका अधिकारीहरूले भने आवश्यक प्रक्रिया पूरा गरेपछि आगामी कदमबार जानकारी गराउने बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्