काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन्। शुक्रबार राति राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ गराएका हुन्।

शपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, मुख्यसचिव एकनारायण पौडेल, उच्च सरकारी अधिकारीहरू, जेनजिका प्रतिनिधिहरू तथा विभिन्न कूटनीतिक नियोगका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
त्यस अवसरमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू पनि शीतल निवास पुगेका थिए ।
उनले अहिले केहीबेरमा पदभार ग्रहण गर्दै छन् । आजै राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ६१ बमोजिम कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् ।














