Logo
Logo

पार्टी मुख्यालयबाट गगनको भावुक सन्देश-सबै खरानीमा परिणत भएको छ


1.8k
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेनजी आन्दोलनको क्रममा भएको आगजनीबाट क्षतिग्रस्त भवनहरूको भग्नावशेष सफा गरी पुनर्स्थापना गर्न सबैलाई आह्वान गरेका छन् । शनिबार पार्टी मुख्यालय सानेपामा पुगेका थापाले भावुक भिडियो सन्देशमार्फत सो अपिल गरेका हुन् ।

The current image has no alternative text. The file name is: gagan.jpg

भिडियोमा उनले भनेका छन्, ‘अहिले राजनीतिक बहसभन्दा आत्तिएको समाजलाई सहारा दिँदै भग्नावशेष सफा र पुनर्स्थापना गर्न जुटौँ ।’ पार्टी कार्यालय प्रवेश गर्दा अवस्था देखेर शब्द हराउने गरेको उल्लेख गर्दै थापाले भने, ‘सबै ध्वस्त भएको छ । हाम्रो लाइब्रेरी कोठा, जसमा हजारौं पुस्तकहरू थिए र साथीहरूको योगदानले निर्माण गरेका थियौं, आज खरानीमा परिणत भएको छ ।’

शरीर ढल्न सक्छ, तर मन दरो छ । यो खरानीबाट पनि हामी उठ्नेछौं । दुःखको घडीमा रिस पाल्नु हुँदैन, एकअर्कालाई सम्हाल्नु, सहयोग गर्नु र समुदाय जोड्नु कर्तव्य हो । थापाले आफ्नो घर नगई कार्यालय पुगेको बताउँदै समुदायका सदस्यहरूले आफ्नो घर सफा गरेकोमा आभार व्यक्त गरे । जसको घर क्षतिग्रस्त छ, त्यहाँ सहयोग गर्न अपिल गरे ।

उनले विशेष ध्यान सार्वजनिक सम्पत्तिमा दिनुपर्ने बताएका छन् । उनले भने, ‘प्रहरी चौकीहरू ध्वस्त हुँदा असुरक्षा बढेको छ, त्यसैले ल-एण्ड-अर्डर कायम गर्न प्राथमिकता हो । प्रहरी चौकी पुनर्निर्माणमा सबैले सहयोग गरौं । यो विनाश भूकम्पले पनि नगरेको अभूतपूर्व हो । समुदाय र संगठित प्रयासले मात्र पुनर्निर्माण सम्भव छ । अहिले राजनीतिभन्दा राष्ट्रको पुनर्निर्माण मुख्य हो ।’

प्रतिक्रिया दिनुहोस्