Logo
Logo

डोल्पा र जुम्लाका भेडाच्याङ्ग्रा दसैँका लागि मुस्ताङमा


252
Shares

मुस्ताङ । दसैँ नजिकिँदै गर्दा डोल्पा र जुम्लाबाट भेडाच्याङ्ग्रा पैदल झारेर मुस्ताङको जोमसोम ल्याउन थालिएको छ। व्यापारीका अनुसार हालसम्म डोल्पाबाट ५–६ हुल र जुम्लाबाट ३ हुल भेडाच्याङ्ग्रा जोमसोम आइपुगेका छन्।

यस वर्ष जुम्लाबाट करिब ५,००० र डोल्पाबाट १,००० भन्दा बढी भेडाच्याङ्ग्रा मुस्ताङ आउने अनुमान गरिएको छ। व्यापारीहरूले प्रतिच्याङ्ग्रा रु ३५,००० र प्रतिभेडा रु ३०,००० मा बिक्री गर्ने जनाएका छन्।

स्थानीय व्यापारीका अनुसार देशको अस्थिर परिस्थितिका कारण तराईका व्यापारीहरू ढिला आएका छन्, जसले व्यापारमा अन्योलता सिर्जना गरेको छ। विगतमा म्याग्दी, कास्की, बाग्लुङ लगायत जिल्लाबाट व्यापारी मुस्ताङ आउने गरेका थिए।

प्रतिक्रिया दिनुहोस्