Logo
Logo

अन्ततः फिर्ता भइन् राजदूत शेर्पा


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, १६ माघ ।
अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले अन्ततः आफ्नै चालकका कारण पद गुमाएकी छिन् । राजदूत शेर्पा मानव तस्करीमा संलग्न रहेको आरोप लगाएको र छानबिन गर्दा त्यसमा उनको गल्ती देखिएपछि सरकारले राजिनामा दिन भनेको थियो ।


तर, पद जोगाउन उनले नेताहरुमार्फत लबिङ गरेकी थिइन् । तर, सरकारले उनलाई बाटो खुलाउन नै निर्देशन दिएपछि उनी आफ्ना सामान लिन अष्ट्रेलिया गएकी थिइन् । उनी बुधबार नेपाल फर्किएकी छिन् । उनले केही दिनमै राजिनामा दिने तयारी गरेकी छिन् ।
तत्कालिन माओवादीको सिफारिसमा उनी राजदूत भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्