Logo
Logo

सेनापतिसँग रातभर वार्ता गरेर संविधान जोगाएँ : प्रचण्ड


1.6k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भदौ २३-२४ को जेन-जी विद्रोहपछिको सङ्कटमा प्रधानसेनापति अशोक सिग्देलसँग वार्ता गरी राष्ट्रपति र संविधान जोगाएको बताएका छन् । 

The current image has no alternative text. The file name is: prachand-4.gif

संविधान दिवसको अवसरमा पेरिसडाँडास्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले जेन-जी आन्दोलनलाई जनयुद्धसँग जोड्दै ९० प्रतिशत जेन-जी पुस्ता जनयुद्धमा सहभागी भएको स्मरण गरे । ‘नेपालको इतिहासमा युगान्तकारी परिवर्तन ल्याउने जेन-जी विद्रोह नै जनयुद्ध हो,’ उनले भने । 

प्रचण्डले कांग्रेस र एमालेको अहङ्कारले देशलाई सङ्कटमा पुर्‍याएको दाबी गरे । उनले भूकम्पपछिको पुनर्निर्माण र संविधान निर्माणमा विपक्षी दलहरूसँगको सहकार्य, प्रधानमन्त्री पदको प्रस्ताव र संविधान जोगाउन राष्ट्रपतिसँग रातभर गरेको छलफल स्मरण गरे । 

 ‘संसद् विघटन, संविधान खारेजी र राष्ट्रपति पद हटाउने कसरत भए, तर हामीले संविधान जोगायौँ,’ उनले भने । आगामी ६ महिनाभित्र घोषित निर्वाचनलाई उनले संवैधानिक निकासको अवसरका रूपमा चित्रण गरे । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीको बाटो संवैधानिक रूपमा खोल्नुपर्ने उनको जोड छ ।  ‘निर्वाचन कठिन छ, तर जेन-जी विद्रोहीदेखि आम जनता एकजुट भए सम्भव छ,’ उनले भने । 

प्रचण्डले सङ्कटमा राष्ट्रपति, प्रधानसेनापति र अन्य दलका नेताहरूसँगको संवादबाट अन्तरिम सरकार गठन र संसद् विघटनको प्रक्रिया अघि बढेको खुलासा गरे । ‘यो प्रक्रियाले संविधानको ऐतिहासिकता जोगाएको छ,’ उनले भने । उनले निर्वाचनलाई जेन-जी आन्दोलनको भावनाअनुसार प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली स्थापित गर्ने अवसरका रूपमा लिएको बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्