Logo
Logo

अलैँचीको बजार मूल्यमा गिरावट


441
Shares

झापा । नगदे बाली अलैँचीको बजार मूल्यमा हाल गिरावट आएको छ। नेपाल अलैँची व्यवसायी महासंघका अध्यक्ष दीपक नेपालका अनुसार विर्तामोडमा विभिन्न ग्रेडअनुसार अलैँची प्रति मन रु ८१ हजारदेखि ९२ हजार सम्ममा बिक्री भइरहेको छ।

  • बोल्ड ( उच्च गुणस्तर ) रु ९२,०००
  • जेजे ( मध्यम गुणस्तर ) रु ८४,००० –
  • चालु ( सामान्य गुणस्तर ) रु ८१,०००

गत भदौको पहिलो साता भने प्रतिमन मूल्य रु ९४,००० सम्म पुगेको थियो।

अध्यक्ष नेपालका अनुसार दसैँ नजिकिँदै गर्दा किसानहरूले घर खर्च टार्न थोरै परिमाणमा अलैँची बिक्री गर्न थालेका छन्। लेकाली क्षेत्रमा अलैँची सुकाउने काम जारी रहेकाले बजारमा अझै ठूलो परिमाणमा अलैँची आउन बाँकी नै छ। नेपालका ४२ जिल्लामा अलैँची खेती हुने गरेको छ। कोशी प्रदेशका इलाम, पाँचथर, ताप्लेजुङ, सङ्खुवासभा, खोटाङ, भोजपुर र तेह्रथुममा यसको खेती अत्यधिक छ।

देशभर करिब १७ हजार हेक्टर क्षेत्रमा अलैँची खेती हुने गर्दछ भने वार्षिक उत्पादन ८ हजार मेट्रिक टनसम्म पुग्छ।

यस उत्पादनको ९५ प्रतिशत विदेश निर्यात हुन्छ। आर्थिक वर्ष २०८१ र ८२ मा मात्र काँकडभिट्टा नाकाबाट रु ७ अर्ब ६७ करोडको अलैँची भारत निर्यात भएको मेची भन्सार कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्