Logo
Logo

बाँसघारीमा लुकाएको सवा आठ क्विन्टल गाँजा बरामद


0
Shares

जनकपुर । सशस्त्र प्रहरी धनुषाले ८ सय ३५ किलो गाँजा बरामद गरेको छ । बिदेह नगरपालिका-३ गोबराहीस्थित बासको घारीमा लुकाएर राखिएको आठ क्विन्टल ३५ किलो गाँजा बरामद गरेको हो । 

The current image has no alternative text. The file name is: gaaja.gif

प्रहरीले गोप्य सूचनाका आधार शुक्रवार स्थानीय जोगिन्द्र साहले बासघारीमा बनाएको टहराबाट परिणामको लागूऔषध गाँजा बरामद गरेको हो । 

दुई दिनअघि विदेह नगरपालिका-३ स्थित इँटाभट्टामा राखेको ४७५ किलो अवैध लागुऔषध गाँजासहित दुईजनालाई  प्रहरीले पक्राउ गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्