Logo
Logo

जेनजी आन्दोलन : अझै ८ हजारभन्दा बढी कैदी फरार


252
Shares

काठमाडौं । जेनजी आन्दोलनको क्रममा २४ भदौमा देशभरका कारागार र बाल सुधार गृहमा भएको तोडफोडपछि भागेका हजारौं कैदीमध्ये अझै ८ हजार ३५७ जना फरार रहेका छन् ।

कारागार व्यवस्थापन विभागका अनुसार फरार हुनेहरूमा कारागारबाट ७ हजार ७३५ र बाल सुधार गृहबाट ६२२ जना रहेका छन् । आन्दोलनको चटारोमा देशभरका २८ वटा कारागार र ९ वटा बाल सुधार गृहबाट १४ हजार ५५५ जना कैदीबन्दी भागेका थिए ।

  • कारागारबाट : १३,५९१
  • बाल सुधार गृहबाट : ९६४

विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार हालसम्म ८८६ हजार १७९ जना८८ मात्रै फिर्ता गरिएका छन्।

  • कारागारतर्फ : ५,८३८
  • बाल सुधार गृहतर्फ : ३४१

२४ गते साँझसम्म देशभर ३० हजार ६३४ जना कैदीबन्दी रहेका थिए। तीमध्ये १५ हजार ५२१ जना कैदी भाग्नबाट जोगिएका थिए।

कैदी भाग्ने क्रममा सुरक्षाकर्मीको हस्तक्षेपमा १० जनाको मृत्यु भएको विभागले जनाएको छ।

  • रामेछाप कारागारका ३
  • धादिङ कारागारका २
  • नौबस्ता बाल सुधार गृहका ५

विभागले बाँकी फरार कैदीबन्दीको खोजी र पुनः नियन्त्रणका लागि सुरक्षा निकायसँगको समन्वयमा प्रक्रिया अगाडि बढाएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्