Logo
Logo

युक्रेन सीमा नजिक हिरासतमा परेका दुई नेपाली स्वदेश फर्किँदै


756
Shares

काठमाडौँ । युक्रेनको सीमामा हिरासतमा परेका रौतहटका जयप्रकाश साह र बागलुङका सन्देश केसीको उद्धार गरी आज अपराह्न नेपाल फर्काउने तयारी भएको छ ।

बर्लिनस्थित नेपाली दूतावासको समन्वय, गैरआवासीय नेपाली संघ एनआरएनए जर्मनी तथा युक्रेन सीमासुरक्षा सेवाको सहकार्यमा उनीहरूको उद्धार सम्भव भएको हो ।

परराष्ट्र मन्त्रालयले विदेश यात्रा गर्दा सम्बन्धित मुलुकका अध्यागमन र कानुनी प्रावधानको पालना गर्न आग्रह गर्दै, उल्लङ्घन गरेमा गिरफ्तार, लामो हिरासत र ज्यानको जोखिम समेत हुन सक्ने चेतावनी दिएको छ

यसप्रकारका घटनामा उद्धार प्रक्रिया जटिल हुने भन्दै मन्त्रालयले प्रलोभन र बहकावामा नपर्नु र यस्ता कार्यमा संलग्न नहुन सबैलाई सचेत गराएको छ ।

प्रतिक्रिया दिनुहोस्