Logo
Logo

गगन थापा-सुदन गुरुङबीच के कुराकानी भयो ?   


15.7k
Shares

काठमाडौं । संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शीतलनिवासमा  आज शुक्रवार शुभकामना आदानप्रदान तथा चियापान समारोह आयोजना गरेका थिए । समारोहमा पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, राजनीतिक दलका नेता, विभिन्न देशका राजदूत, कूटनीतिज्ञ, नागरिक अगुवालगायतको उपस्थिति थियो । 

The current image has no alternative text. The file name is: gagan-sudan.jpg

यही समारोहमा हामी नेपाल नामक गैरसरकारी संस्थाका सुदन गुरुङ पनि सहभागी भएका थिए । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि चर्चामा आएका गुरुङ हाल जेनजीको प्रतिनिधिको रूपमा विभिन्न मञ्चमा देखा परेका छन् । समारोहमा विभिन्न क्षेत्रका व्यक्तित्वहरूबीच छोटो कुराकानी भएको देखिन्थ्यो ।

यसै क्रममा गुरुङले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापासँग शीतलनिवास प्रांगणमा करिब ४ मिनेट कुराकानी गरेका छन् । गुरुङले जेनजी आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षाका लागि सहयोग मागेको बताएका छन् । उनले थापालाई जेनजी आन्दोलनले जनधनको क्षति बेहोरे पनि केही उपलब्धि दिएको र यसको रक्षाका लागि सहयोग गर्न आग्रह गरेको बताएका छन् । 

थापाले जेनजी आन्दोलन र यसको प्रभावलाई नजिकबाट नियालिरहेको बताए । थापाले नेपाली कांग्रेसभित्र पनि जेनजीको माग सम्बोधन हुने गरी परिवर्तनको प्रयास भइरहेको बताएका गुरुङले बताएका छन् । गुरुङले अन्य नेताहरूसँग भने कुनै कुराकानी नभएको बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्