Logo
Logo

होटल/रेस्टुरेन्टमा सेवाशुल्क विवाद, मजदुरहरु आन्दोलित


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, १६ माघ ।
होटल तथा रेस्टुरेन्टहरुले ग्राहकहरुसँग अवैध रुपमा लिदै आएको १० प्रतिशत सेवा शुल्क नलिने निर्णयसँग विवाद उत्पन्न भएको । मजदुरले रेष्टुरेण्ट एण्ड बार एशोसिएसनलाई आन्दोलन र तोडफोड गर्ने चेतावनी दिएके छ ।


अखिल नेपाल होटल, क्यासिनो तथा रेष्टुराँ मजदुर संघले अबको २४ घण्टाभित्र रेवानले १० प्रतिशत सेवाशूल्क खारेज फिर्ता नलिए उपत्यकाका सबै रेष्टुरेण्ट बन्द गर्ने र रेवानका उच्च पदाधिकारीलाई मोसो समेत दल्ने संघका केन्द्रीय अध्यक्ष माधव पाण्डेले घोषणा गरे।
‘ग्राहकलाई मेनुको मूल्य धेरै महंगो भएको अनुभव भए साहुले त्यसको मूल्य २० देखि ४० प्रतिशत घटाए हुन्छ तर १० प्रतिशत सेवाशूल्क घटाउने कुरामा हाम्रो घोर विरोध छ।’ अध्यक्ष पाण्डेले भने। उनले प्रश्न गरे ,’काम साहुजीले गर्ने हो? काम त हामी श्रमिकले गर्ने हो।

सोमबार रेवानका उच्चपदाधिकारी र व्यवसायी बसेको छलफलबाट रेष्टुरेण्टमा लागू गराइँदै आएको १० प्रतिशत सेवाशूल्क खारेज गर्ने विषयको विरोधमा बुधबार विहान रेवानले सोमबार जारी गरेको विज्ञप्ती जलाएका छन्।

‘पछिल्लो समय श्रममा आमुल परिवर्तन आइसकेको छ। श्रम ऐन नियमावली बनाएको ट्रेड युनियनले हो। अहिले प्राय रेष्टुरेण्टले दिने न्यूनतम तलब आठ हजार रुपैयाँ छ। यसमा सेवा शूल्कबापत न्यूनतम १२ हजार देखि २० हजारमाथिसम्म आएर जोडिँदा मजदुरले २० हजार रुपैयाँ तलब लिँदै आएका छन्। यसैले सेवा शूल्क काटिने निर्णय मजदुरमाथि हुन लागेको अन्याय हो।‘संघका वरिष्ठ उपाध्यक्ष कुमार पन्तले भने।

संघले श्रमीक र राज्य ठग्ने रेष्टुरेण्ट तोडफोड गर्ने समेत चेतावनी दिएको छ । सेवाशुल्क मदजुरको पक्षमा भएपनि कानूनविपरीत भएकाले ग्राहक ठगिएका छन् । मदजुरको तलब बढाएर सेवा शुल्क हटाउन माग हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्