Logo
Logo

“सरकार गठन गर्ने उपाय नभएपछि संसद् विघटन गरियो”


1.3k
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसको अवसरमा शीतल निवासमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रतिनिधि सभाबाट सरकार गठन असम्भव भएपछि संसद् विघटन गरिएको बताए । उनले मुलुक नयाँ सपनासहित परिवर्तनको मार्गमा प्रवेश गरेको उल्लेख गर्दै नयाँ जनादेशले लोकतन्त्रलाई सुदृढ गरी देशको भविष्य निर्धारण गर्ने विश्वास व्यक्त गरेका छन् । 

The current image has no alternative text. The file name is: rastpati-6.gif

राष्ट्रपतिले अन्तरिम सरकारले जेनजी आन्दोलनबाट भएको राष्ट्रिय क्षतिको पुनर्निर्माण गर्दै ६ महिनाभित्र निर्वाचन सम्पन्न गरी जनप्रतिनिधिमूलक संस्थालाई सत्ता हस्तान्तरण गर्नुपर्ने बताए । उनले यो कार्यलाई सबै नेपालीको मुख्य जिम्मेवारी भएको उल्लेख गरे ।

निर्वाचनको सफलताका लागि राजनीतिक दल, शासन व्यवस्थापनका निकाय र बौद्धिक समुदायलाई असहमति र द्वन्द्व त्यागेर समन्वय र सहकार्यमा सक्रिय हुन आह्वान गरेका छन् । पौडेलले आफू १७ वर्षको उमेरमा २०१७ सालमा प्रजातन्त्रका लागि राजनीतिमा होमिएको स्मरण गर्दै हरेक पुस्ताको सहभागिताले लोकतन्त्र बलियो हुने विश्वास व्यक्त गरे ।

उनले भदौ २४ पछिको राजनीतिक संकट र रिक्ततालाई सबैको सहयोग र सुझबुझले सम्हालिएको बताए । लोकतन्त्र, संविधानको भावना र नवपुस्ताको परिवर्तनको चाहनाअनुसार जे गर्न सकिन्थ्यो, त्यो गरिएको उनको भनाइ छ ।

राष्ट्रपतिले आम सहमतिमा संसद् विघटनको कदम चालिएको र ६ महिनाभित्र निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिए । उनले सबैलाई पूर्वाग्रहरहित भएर निर्वाचन सफल बनाउन सहयोग गर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्