Logo
Logo

 गभर्नर पौडेलका लागि भाडामा घर खोज्दै राष्ट्र बैङ्क


567
Shares

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले गभर्नर डा.विश्वनाथ पौडेलका लागि भाडामा घर खोजी गरेको छ । राष्ट्र बैङ्कको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले गोरखापत्रमा सार्वजनिक सूचना जारी गर्दै उनको लागि भाडको घर खोजेको हो । 

The current image has no alternative text. The file name is: biswo.gif

भदौ २४ गतेको जेनजी  आन्देलनको क्रममा गभर्नर पौडेलको ललितपुर, भैंसेपाटी स्थित घरमा आगजनी भएको थियो । राष्ट्र बैङ्कले अहिले उनको बसोबासको लागि ललितपुरमै घर भाडामा खोजेको छ । 

आइतबार बैङ्कले इच्छुक व्यक्ति, फर्म वा कम्पनीहरूबाट प्रस्ताव आह्वान गरेको हो । गभर्नर पौडेलले जलेको भैंसेपाटिको घर योजना आयोगको उपाध्यक्ष हुनुअघि नै छात्रवृत्ति र देश विदेशमा काम गरेर साढे पाँच आना जग्गामा बनाएको बताएका थिए । 

आन्दोलनकारीले उनको चितवनमा स्थित पुख्र्यौली  घरमा समेत तोडफोड गरेका थिए । अहिले भाडामा लिन खोजिएको घर कम्तीमा १६ आनादेखि अधिकतम २४ आनासम्मको भू-क्षेत्रमा बनेको हुनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्