Logo
Logo

दसैँ बिदामा नेपाल आयल निगमका डिपोहरू आलोपालो खुल्ने, यस्तो छ तालिका


252
Shares

काठमाडौं । दसैँ बिदाका दिनहरूमा पेट्रोलियम पदार्थको आपूर्ति नियमित राख्न नेपाल आयल निगमले आफ्ना डिपोहरू आलोपालो खुलाउने निर्णय गरेको छ।

यस वर्ष दसैँको सार्वजनिक बिदा ६ दिन रहेको हुँदा निगमका १३ शाखा तथा डिपोहरू मध्ये केही डिपो बिदाको अवधिमा पनि सेवा दिन खुला रहने छन्।

वीरगञ्ज शाखा र दाङ डिपो चार चार दिन खुल्नेछन्। वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रादेशिक कार्यालयहरू तीनरतीन दिन खुल्ने गरी तालिका बनाइएको छ। बाँकी शाखा तथा डिपोहरू दुई दिन मात्र खुल्नेछन्। दीपायल शाखा कार्यालय भने आवश्यकताको आधारमा खुलाउने व्यवस्था गरिएको छ।

आपूर्तिमा कुनै अवरोध नहोस् भनेर बन्द डिपोहरूका लागि सम्पर्क व्यक्ति पनि तोकिएको निगमले जनाएको छ। बिदाको समयमा पनि सम्बन्धित व्यवसायी वा ढुवानीकर्ताले सम्पर्क गरी पेट्रोलियम पदार्थ प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको छ।

प्रतिक्रिया दिनुहोस्