Logo
Logo

मलाई गिरफ्तार गर्ने भन्दै मिडिया ट्रायल गरियो : महेश बस्नेत


4.5k
Shares

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले सरकारले आफूलाई गिरफ्तार गर्न लागिएको भन्दै मिडिया ट्रायल गरेको आरोप लगाएका छन् । सामाजिक सञ्जालमार्फत उनले राष्ट्र र राष्ट्रियताको पक्षमा बोल्दा सत्ताधारीहरू आत्तिएको दाबी गरेका छन् । 

The current image has no alternative text. The file name is: mahesh.jpg

बस्नेतले आफ्नो अन्तिम सास रहुन्जेल देश र राष्ट्रियताको पक्षमा आवाज उठाइरहने बताए । उनले लेखेका छन्, ‘जेनजी आन्दोलनको नाममा बनेको यो सरकारले मलाई गिरफ्तार गर्ने भन्दै मिडिया ट्रायल गरिरहेको छ । विदेशी दलालहरूले नेपाललाई ध्वस्त पार्न खोज्ने दानवीय प्रवृत्तिविरुद्ध मेरो आवाजले सत्ताधारीहरूको सातोपुत्लो गएको हुन सक्छ। तर, म सधैँ सत्य र राष्ट्रियताको पक्षमा बोलिरहनेछु।’ 

बस्नेतले जेनजी सरकारको अमानवीय र अलोकतान्त्रिक गतिविधिविरुद्ध नेपाली युवा र एमाले तयार रहेको बताएका छन् ।  उनले एमाले अध्यक्षको बासस्थान व्यवस्थापन, सार्वजनिक वक्तव्य र सचिवालय बैठकमा आफ्नो भूमिकाप्रति सरकार थरथर काँपेको बताए ।  ‘यो मेरो दायित्व हो, कसैको ह्यारेसमेन्टले मलाई रोक्न सक्दैन,’ उनले भने । राष्ट्रियता र लोकतन्त्रको रक्षाका लागि आफू सधैँ अडिग रहने बस्नेतको भनाइ छ । उनले सरकारलाई यस्ता कुकर्म बन्द गर्न चेतावनी समेत दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्