Logo
Logo

शरद ऋतुमा मनास्लु आरोहण उत्साहजनक, निमा छिरिङको नयाँ कीर्तिमान


189
Shares

काठमाडौँ । शरद ऋतुमा विश्वको आठौँ अग्लो हिमाल मनास्लु ९८,१६३ मिटर आरोहणमा उल्लेखनीय वृद्धि भएको छ। असोज १२ गतेसम्म ३१ समूहका ३७४ आरोही ९९५ महिला, २७९ पुरुले अनुमति लिएका छन् ।

अनुकूल मौसमका कारण मनास्लु, धौलागिरि, आमादब्लम, मेरापिक, आइल्यान्ड पिकलगायतका हिमालहरूमा आरोहण जारी छ। पर्यटन विभागका अनुसार यस याममा ६७ देशका ६६७ आरोहीले ३६ वटा हिमालका लागि अनुमति लिएका छन् ।

यस वर्ष मनास्लु आरोहण उत्साहजनक भएको सतोरी एड्भेन्चर, सेभेन समिट ट्रेक्स, नेपाल पर्वतारोहण संघलगायत संस्थाले बताएका छन् । अप्रिय घटना नहुँदा आरोहण सुरक्षित र व्यवस्थित भएको जनाइएको छ ।

मनास्लुबाट मात्रै रु १५ करोडसहित जम्मा १८ करोड २१ लाखभन्दा बढी रोयल्टी संकलन भएको छ, जुन अहिलेसम्मकै उच्च हो।

१६ वर्ष ४ महिना १८ दिनको उमेरमा निमा छिरिङ शेर्पाले मनास्लु चढेर सबैभन्दा कम उमेरमा सफल हुने कीर्तिमान बनाएका छन्। साथै, ८६ वर्षका स्पेनका आरोहीले पनि मनास्लु चढेर उमेर समूहको रेकर्ड बनाएका छन् । यस्तै, पोल्याण्डका आन्द्रेज बार्गिएलले सगरमाथाको चुचुरोबाट कृत्रिम अक्सिजन बिना स्की गर्दै तल झरेर नयाँ साहसिक रेकर्ड बनाएका छन् ।

मनास्लु हिमाल कुताङ गोरखामा अवस्थित छ र यसको समृद्ध आरोहण इतिहास छ । सन् १९५६ मा पहिलो पटक जापानी र नेपाली टोलीले सफल आरोहण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्