Logo
Logo

विदेशमा रहेका नेपालीलाई पुनर्निर्माण सहयोग गर्न अनुरोध


441
Shares

काठमाडौं । नेपालको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा सहयोग गर्न विदेशमा रहेका नेपालीहरूलाई अनुरोध गरिएको छ । विदेशस्थित नेपाली दूतावास र नियोगहरूले कोषमा सहयोगका लागि अपिल गरेका हुन् ।

The current image has no alternative text. The file name is: 4.gif

गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा सिंहदरबार, संसद् भवन, प्रधानमन्त्री निवास, राष्ट्रपति भवन, अदालत, प्रहरी चौकीलगायत सरकारी संरचनामा आगजनी र तोडफोड भएको थियो । धेरै सरकारी कार्यालयहरू पूर्णरूपमा ध्वस्त भएका छन्। यी संरचनाको पुनर्निर्माणका लागि सरकारले ५ असोजमा मन्त्रिपरिषद् बैठकमार्फत भौतिक पूर्वाधार पुनर्निर्माण समिति (गठन) आदेश, २०८२ जारी गरी कोष स्थापना गरेको थियो ।

अर्थ मन्त्रालयले स्वदेश र विदेशमा रहेका नेपालीलाई कोषमा सहयोग गर्न अनुरोध गरेको छ । कतारस्थित नेपाली दूतावासले सूचना जारी गर्दै जेनजी आन्दोलनले देशका धेरै स्थानमा क्षति पुर्‍याएको र पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहतका लागि सहयोग गर्न अपिल गरेको छ ।

कतार र इरानमा रहेका नेपालीलाई राष्ट्र पुनर्निर्माणको अभियानमा सहभागी हुन अनुरोध गरिएको छ । यस्तै, कुवेत र इजरायलस्थित दूतावासले पनि सामाजिक सञ्जालमार्फत सहयोगको आह्वान गरेका छन् । 

गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए० ले पनि मातृभूमिप्रतिको कर्तव्य सम्झाउँदै कोषमा सहयोग गर्न अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्