Logo
Logo

बैतडीमा सवारी दुर्घटना, तीन जना गम्भीर


315
Shares

बैतडी । बैतडीमा भ्यान दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएका छन् । खोल्सीबाट पाटन बजारतर्फ आइरहेको सुप प्र ०१ ००१ च ४१२८  भ्यान पाटन–६ गाङको मोडमा आज बिहान दुर्घटना भएको हो । 

The current image has no alternative text. The file name is: Accident-2.gif

दुर्घटनामा  भ्यान चालक पाटन नगरपालिका–४ का मानध्वज भट्ट, सोही वडाका रमेश भट्ट र जयराम भट्ट गम्भीर घाइते भएका बैतडीका प्रहरी प्रवक्ता बलराम पाण्डेयले जानकारी दिए । उनीहरूलाई डडेल्धुरा अस्पताल पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्