Logo
Logo

खयरमारामा बस दुर्घटना: ६ गम्भीर घाइते हेलिकोप्टरमार्फत काठमाडौं ल्याइयो


1.4k
Shares

काठमाडौं । मधेश प्रदेशको महोत्तरीस्थित खयरमारामा भएको बस दुर्घटनामा गम्भीर घाइते भएका ६ जनालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं  ल्याइएको छ ।

The current image has no alternative text. The file name is: kharmash.gif

सशस्त्र प्रहरी ९ नं गणका एसपी शेरबहादुर अधिकारीका अनुसार घाइतेहरूको अवस्था गम्भीर भएकाले उनीहरूलाई काठमाडौं ल्याइएको हो । बर्दिबासस्थित शुभ स्वस्तिक अस्पतालमा प्रारम्भिक उपचारपछि उनीहरूलाई सशस्त्र प्रहरीको एम्बुलेन्समार्फत हेलिकोप्टरमा स्थानान्तरण गरिएको थियो ।

गम्भीर घाइते हुनेमा बर्दिबास-१० का ४४ वर्षीया निर्मला तमाङ, ४२ वर्षीय दिर्जमान गोले, १६ वर्षीया अस्मिता गोले, २० वर्षीया सुनिता बिक, १३ वर्षीय प्रभाकर खड्का र अर्का एक जना रहेका छन् । 

शुक्रवार बिहान घारीबथानबाट खयरमारा हुँदै काठमाडौं जाँदै गरेको ना६ख १४६४ नम्बरको बस खयरमारा स्कूल नजिकै दुर्घटनामा परेको थियो । दुर्घटनामा पैदल यात्री चुल्हाई चौधरी र सर्लाही, ईश्वरपुरका १२ वर्षीय प्रवीण खड्काको उपचारका क्रममा मृत्यु भएको छ । उद्धार कार्यमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालित भएको थियो । 

प्रतिक्रिया दिनुहोस्