Logo
Logo

बागलुङमा जिप दुर्घटना, एकको मृत्यु, दुई घाईते


189
Shares

बागलुङ । बागलुङको गलकोटमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् ।

शुक्रबार साँझ ५ बजे ताराखोलाबाट हटियातर्फ आउँदै गरेको ग १ ज ६१०० नम्बरको पिकअफ जिप गाईघाट नजिकै अचानक चालकले नियन्त्रण गुमाइ सडकबाट अं।२० मिटर तल खस्दा घाईते भएका एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

दुर्घटनामा घाईते बागलुङ गलकोट न।पा। ३ बस्ने बर्ष २४ को दिनेश थापाको टाउको र शरिरका विभिन्न भागमा चोट लागि गम्भीर रहेकोमा गलकोट अस्पतालमा पुर्‍याएपछि मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा बर्ष ४३ को विरबल परियारलाई थप उपचारका लागि पोखरालाइ थप उपचारका लागि पोखरा रिफर गरिएको छ । उनको टाँउकोमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनमा २४ वर्षका मिलन परियार पनि घाईते भएको र उनको अवस्था मध्यम रहेको बताईएको छ । उक्त जीपमा ८ जना सवार रहेको बताईएको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्