Logo
Logo

सगरमाथा पदमार्गमा पहिरो


315
Shares

काठमाडौं । सगरमाथा क्षेत्रको नाम्चे र जोरसल्ले जोड्ने पदमार्ग पहिरोका कारण क्षतिग्रस्त भएको छ । नेपाल ट्रेकिङ एजेन्सिज् एसोसिएसन (टान) ले उक्त खण्डमा यात्रा गर्ने पदयात्रीहरूलाई सावधानी अपनाउन र वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।

The current image has no alternative text. The file name is: Everest-photo-12.jpg

मुख्य पदमार्ग अवरुद्ध भएकाले टानले वैकल्पिक बाटो प्रयोग गर्न सुझाएको छ । यो वैकल्पिक मार्ग मूल बाटोभन्दा  २/३ सय मिटर माथि रहेको र खच्चर हिँड्ने बाटोको रूपमा प्रयोग हुने टानले जनाएको छ । 

टानले सबै ट्रेकिङ एजेन्सी, गाइड र पदयात्रीहरूलाई सुरक्षा पहिलो प्राथमिकतामा राखी आवश्यक तयारीसहित यात्रा गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्