Logo
Logo

मुग्लिन-नारायणगढ सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा


1k
Shares

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिकामा पर्ने तुइन खोलामा आएको पहिरोका कारण अवरुद्ध मुग्लिन-नारायणगढ सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा आएको छ । 

The current image has no alternative text. The file name is: muglin.gif

पहिरोका कारण हिजोदेखि अवरुद्ध सडक आज दिउँसोबाट खुलेको हो । तुइनखोलामा गएको पहिरो सबै पन्छाइएको छ । अहिले उक्त सडकखण्डमा गाडीहरू सहज आवागमन भइरहेका छन् ।

देशभर भएको अविरल वर्षापछि चितवन हुँदै जाने सवारीसाधनलाई रोक लगाइएको थियो । आज मौसममा सुधार भएसँगै राजमार्गहरूमा सवारी साधनहरू धमाधम खुल्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्