Logo
Logo

“सरकारको सतर्कताले मानवीय क्षति कम भयो”


315
Shares

काठमाडौं । ऊर्जा, भौतिक पुर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सबैको सतर्कताले मानवीय क्षति कम भएको बताएका छन् । आज आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री घिसिङले वर्षातका कारण आएको बाढीका कारण मानवीय क्षति नभएको बताएका हुन् ।

The current image has no alternative text. The file name is: kulman-ghising.jpg

वर्षापछि आएको पहिरोमा परेर इलाममा मानवीय क्षति भएको बताउँदै त्यो बाहेक अन्य क्षेत्रमा मानवीय क्षति न्यून भएको बताए । वर्षापछि आएको बाढी तथा पहिरोका कारण विभिन्न क्षेत्रमा भौतिक क्षति पुगेको र त्यसलाई सरकारले प्राथमिकताका साथ पुर्ननिर्माणमा लाग्ने बताए ।

मन्त्री घिसिङले भने, ‘सरकारको सतर्कता कारण बाढीका कारण मानवीय क्षति भएको छैन । इलाममा ३५१ मिलिमिटरको पानी परेर अतिवृस्टी भएको छ । जसले गर्दा पहिरोमा परेर मानवीय क्षति हुन पुगेको छ । त्यो बाहेक अन्त क्षति भएको छैन ।’ 

काठमाडौंबाट पश्चिमको तर्फका सडक तत्कालै खोल्नेतर्फ सरकार अघि बढेको बताए । पूर्वमा वर्षा जारी रहेको र भोलीसम्ममा त्यो पनि कम हुनसक्ने उनको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्