Logo
Logo

भैरहवामा अलपत्र यात्रुलाई चार्टर विमानबाट काठमाडौं ल्याइँदै


1.1k
Shares

काठमाडौं । दुई दिनसम्मको अविरल वर्षापछि भैरहवा आसपासमा अलपत्र परेका यात्रुहरूलाई चार्टर विमानमार्फत काठमाडौं ल्याइने भएको छ ।

The current image has no alternative text. The file name is: white-body-second.jpg

जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले आज साँझ ९ बजे आकस्मिक रूपमा काठमाडौं पुग्नै पर्ने यात्रुहरूलाई विमान चार्टर गरेर ल्याउन लागेको हो ।

नेपाल एयरलाइन्सको विमानमार्फत अप्ठेरोमा परेका यात्रुहरूलाई काठमाडौं लान लागिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) टोकराज पाण्डेले जानकारी दिए ।

विशेषगरी वैदेशिक रोजगारीमा जानुपर्ने र उपचारका सिलसिलामा अलपत्र परेका यात्रुहरूलाई विमान चार्टर गरेर काठमाडौं ल्याइन लागिएको हो । 
               
१ सय ५८ जना यात्रुलाई विमानमार्फत काठमाडौं ल्याइन  लागिएको हो । भैरहवा विमानस्थलमा रहेको नेपाल एयरलाइन्सको काउन्टरमा गएर आफ्ना समस्याबारे जानकारी गराउन पनि प्रशासनले अपिल गरेको छ ।

यात्राबारे बुझ्न र टिकट लिनका लागि नेपाल एयरलाइन्स, भैरहवाका कर्मचारी अरुण पन्थी (९८५७०२३६७१) मा सम्पर्क गर्न प्रशासनले आग्रह गरेको छ ।

काठमाडौंबाट साँझ ७ बजे नेपाल एयरलाइन्सको विमान भैरहवा पुग्ने र सोही विमानमा यात्रुहरू फर्काउने तयारी रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्