Logo
Logo

‘बलिदान’ एक सय २० शोका साथ सातादेखि प्रदर्शनमा


1.1k
Shares

काठमाडौं । बडादसैँको फूलपातीको अवसरमा प्रदर्शनमा आएको नेपाली चलचित्र बलिदानले पहिलो हप्तामा दर्शकबाट उत्साहजनक साथ पाएको छ । दोस्रो हप्तामा प्रवेश गर्न लागेको यो चलचित्र पहिलो हप्ताको अन्तिम दिन आइतबार देशभर करिब १२० शोमा प्रदर्शन भएको छ ।

The current image has no alternative text. The file name is: balidan.jpg

वितरकहरूका अनुसार, काठमाडौंका हलदेखि धनगढी र पूर्वी नेपालका हलहरूमा समेत चलचित्रले राम्रो दर्शक पाइरहेको छ । प्राविधिक कारणले पोखराको मिडटाउन हलबाट हटेको बलिदान पुनः प्रदर्शनमा फर्किएको छ । 

काठमाडौंका वितरक गोविन्द शाहीले देशको पछिल्लो परिस्थितिमा पनि बलिदानले चलचित्र क्षेत्रलाई गतिशील बनाउन महत्त्वपूर्ण भूमिका खेलेको बताए । निर्देशक सन्तोष सेनले देशको विषम परिस्थितिमा पनि चलचित्रको व्यापारबाट सन्तुष्टि व्यक्त गर्दै व्यापारिक आँकडा चाँडै सार्वजनिक गर्ने जनाएका छन् ।

अभिनेता समीर भट्ट, अभिनेत्री ऋचा शर्मा र निर्देशक सेनसहितको टोलीले हप्ताभर काठमाडौंका हलहरूमा दर्शकसँग भेटघाट गरेका छन् । 

आशुसेन फिल्म प्रोडक्सनको ब्यानरमा बनेको यस चलचित्रमा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी र प्रेम पुरीको अभिनय छ । निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन् ।
 

प्रतिक्रिया दिनुहोस्