काठमाडौं । नेपाल वायु सेवा निगमको जहाल भैरहवामा अलपत्र यात्रुको उद्धारका लागि सोमबार (भोलि) १ बजे मात्रै काठमाडौंबाट उड्ने भएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीको विशेष निर्देशनमा निगमले यो उडान तय गरेको हो ।आरए १७३१ नम्बरको उडान भोलि अपरान्ह १ बजे हुने तय भएको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले जानकारी दिए ।
प्रधानमन्त्री कार्कीले मुख्यसचिव अर्याललाई तत्काल अलपत्र यात्रुको उद्धारका लागि व्यवस्था मिलाउन निर्देशन दिएकी थिइन् । भोलि दिउँसो २ बजेर ४५ मिनेटमा भैरहवाबाट उक्त जहाज काठमाडौं फर्किनेछ ।
आरए १७३२ को उक्त उडानमा १५८ जना यात्रु रहनेछन् । यसमा बिरामी, अशक्त र ज्येष्ठ नागरिकलाई विशेष प्राथमिकता दिइनेछ ।
राति ९ बजेसम्ममा भए पनि एउटा उडान आज आइतबार नै राख्ने प्रयास गरिए पनि प्राविधिक कारणले भोलि मात्र तालिका मिलाउन सम्भव भएको जनाइएको छ ।














