Logo
Logo

निवर्तमान सांसदमध्ये थोरैले मात्र फिर्ता गरे रातो पासपोर्ट


567
Shares

काठमाडौं । प्रतिनिधि सभा विघटन भएको करिब एक महिना बितिसक्दा पनि अधिकांश निवर्तमान सांसदहरूले कूटनीतिक राहदानी रातो पासपोर्ट फिर्ता गरेका छैनन् ।

संसद सचिवालयका अनुसार अहिलेसम्म केवल ६ जना सांसदले मात्र राहदानी फिर्ता गरेका छन्।

राहदानी नियमावली २०७७ को नियम १८ अनुसार पदबाट अलग भएको एक महिनाभित्र पासपोर्ट फिर्ता गर्नुपर्ने प्रावधान छ। तर, यो प्रावधान पालना नहुँदा ८८अधिकांश पूर्वसांसद गैरकानुनी रूपमा राहदानी बोकेर बसेका छन्।

फिर्ता गर्नेमा नेपाली कांग्रेस, एमाले र रास्वपाका सांसद छन् । यद्यपि, रास्वपाले आफ्ना सांसदहरूलाई फिर्ता गर्न निर्देशन दिए पनि कार्यान्वयनमा खासै सक्रियता देखिएको छैन ।

पासपोर्ट समयमा फिर्ता नगरेमा विभागले राहदानी रद्द गर्न सक्ने कानुनी व्यवस्था छ। संसद सचिवालय अहिले फिर्ता नजाने सांसदहरूको विवरण संकलनमा लागेको छ।

मुख्य बुँदाहरू :

राहदानी फिर्ता गर्ने समयसीमा : एक महिना
हालसम्म फिर्ता गर्ने सांसद : ६ जना मात्र
राहदानी नफिर्ता गरेमा : रद्द गरी अभिलेख राख्ने प्रावधान
रास्वपाको निर्देशन : दिएको तर कार्यान्वयन कमजोर

प्रतिनिधि सभा भदौ २७ गते विघटन भएको हो, तर अधिकांश पूर्वसांसदहरूले अझै रातो पासपोर्ट बुझाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्