Logo
Logo

माइतीघरमा प्रदर्शन गर्न खोज्ने डा. निकोलस भुसालसहित थप दुई जना पक्राउ


819
Shares

काठमाडौं । माइतीघरमा प्रदर्शन गर्न खोजेका अभियन्ता डा. निकोलस भुसाल र एसपी साहलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ ।

उनीहरूमाथि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट प्रदर्शनका लागि अनुमति नलिई विरोध कार्यक्रम गर्न खोजेको आरोप लागेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार, प्रशासनको अनुमति नलिइकन प्रदर्शन गर्न प्रयास गरेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो । यसअघि सञ्जि दाहाललाई पनि प्रहरीले पक्राउ गरिसकेको थियो ।

यससँगै पक्राउ परेकाको संख्या तीन पुगेको छ।

जेनजि समूहका विभिन्न युवाहरू माइतीघरमा भेला भएर प्रदर्शन गर्न पुगेका थिए । प्रदर्शनको सूचना पाएपछि प्रहरीले माइतीघर र नयाँ बानेश्वर क्षेत्रमा कडा सुरक्षा व्यवस्था मिलाएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थितिसँगै क्षेत्र तनावग्रस्त बनेको छ

प्रदर्शनको उद्देश्य वा मागबारे विस्तृत जानकारी भने आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्