Logo
Logo

हुलाकको महत्व झन् बढेको छ : सञ्चारमन्त्री खरेल


630
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बदलिँदो प्रविधिसँगै हुलाक सेवाको आवश्यकता झनै बढेको बताएका छन् ।

The current image has no alternative text. The file name is: jagadhish.gif

१५१औँ विश्व हुलाक दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले हुलाक सेवालाई आधुनिक, प्रतिस्पर्धी र व्यावसायिक बनाउँदै स्थानीय तहदेखि प्रवासी नेपालीसम्म सेवा पु‍र्‍याउनुपर्नेमा जोड दिए।

सचिव राधिका अर्यालले सूचना प्रविधिको विकासले हुलाक केही ओझेलमा परे पनि यसको महत्व नघटेको बताइन् ।महानिर्देशक मनमाया भट्टराई पङ्गेनीले ‘स्मार्ट हुलाक’ सेवा विकासका लागि स्रोतसाधनको व्यवस्थापन गर्न सरकारसँग आग्रह गरिन् ।

कार्यक्रममा मन्त्री खरेलले विभिन्न डाक टिकटमा टाँचा लगाए भने उत्कृष्ट कर्मचारी र ‘फिलाटेलिक’ प्रदर्शनी सहभागीलाई सम्मान गरियो । यस वर्ष हुलाक दिवस नागरिकका लागि हुलाक, स्थानीय सेवा र विश्वव्यापी पहुँच’ भन्ने नारामा मनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्