काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वाधिनतामा गम्भीर संकट उत्पन्न भएको बताएका छन् ।

सम्पादकहरूसँगको छलफलमा प्रचण्डले भने, ‘राष्ट्रिय स्वाधिनतामाथि यति ठूलो हस्तक्षेप र चुनौती पहिले कहिल्यै थिएन ।’ उनले देशमा राजनीतिक संकट पनि कायम रहेको उल्लेख गरे । साथै, जेनजी युवा आन्दोलनले संविधानको विषयलाई नयाँ दृष्टिकोणबाट सोच्न बाध्य बनाएको उनको भनाइ छ ।














