Logo
Logo

प्रधानमन्त्रीमा सुशीलाको नियुक्ति केपी ओलीको सिफारिसमा भएको हो : प्रचण्ड


1.1k
Shares

ललितपुर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले वर्तमान प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको लिखित सिफारिसमा भएको दाबी गरेका छन् । 

The current image has no alternative text. The file name is: prachadn.gif

शुक्रवार सम्पादकहरूसँगको अन्तरक्रियामा बोल्दै प्रचण्डले राष्ट्रिय सङ्कटको अवस्थामा आवश्यकताको सिद्धान्त र युवाहरूको भावनालाई सम्मान गर्दै कार्कीलाई प्रधानमन्त्री नियुक्त गरिएको बताए । उनले भने, ‘केपी ओलीको लिखित सिफारिसका आधारमा राष्ट्रपतिले सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गर्नुभएको हो । यो सरकार हावामा बन्यो भन्न मिल्दैन, सिफारिसकर्ता ओली नै हुन् ।’

उनले आफूहरू यो प्रक्रियाको साक्षी मात्र भएको उल्लेख गरे । प्रचण्डले देश गम्भीर सङ्कट र चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको स्वीकार गर्दै समाधानका लागि सर्वपक्षीय राजनीतिक सहमति आवश्यक रहेको बताए ।  उनले भने, ‘राष्ट्र सङ्कटमा छ भन्नेमा सबैको एकमत छ । यसको समाधानका लागि राजनीतिक दल, नागरिक समाज, पत्रकार र बुद्धिजीवी सबैको सहभागितामा राष्ट्रिय सहमति जरुरी छ ।’

प्रतिक्रिया दिनुहोस्