Logo
Logo

नेकपाको केन्द्रीय समितिको आकस्मिक बैठक बस्दै


441
Shares

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । बैठक दिउँसो २ बजे कपिलवस्तुस्थित शिवगढीमा बस्ने भएको हो ।

बैठकमा जेनजी विद्रोह पछिको पछिल्लो अवस्थाको संश्लेषण, वापमन्थी एकता र ध्रुवीकरण, विशेष महाधिवेशनको तयारी लगायत विषयमा छलफल हुने स्थायी समिति सदस्य अनिल शर्मा विरहीले जानकारी दिए ।

यसअघि शनिबार बसेको स्थायी समिति बैठकले केन्द्रीय समिति बैठकको एजेन्डा तय गरेको थियो । नेकपा माओवादी केन्द्र लगायत वामपन्थी दलहरूसँग एकता गर्ने विषयमा केन्द्रीय समिति बैठकले निर्णय गर्ने छ ।

नेकपाका महासचिव विप्लवले यसअघि नै माओवादीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल लगायत नेताहरूसँग भेटेर एकताबारे छलफल गरिसकेका छन ।

प्रतिक्रिया दिनुहोस्