Logo
Logo

इजरायलले दियो विपिन जोशी जीवित नरहेको औपचारिक जानकारी


1.6k
Shares

काठमाडौं । इजरायलले परिवारजनलाई सम्पर्क गरेर विपिन जोशी जीवित नरहेको औपचारिक जानकारी दिएको छ ।

इजरायली सेना आईडीएफले आज इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित, अमेरिकामा रहेकी विपिनकी बहिनी, नेपालमा रहेका विपिनका दाजु किशोरलाई विपिन जीवित नरहेको औपचारिक जानकारी दिएको हो ।

राजदूत पण्डितले ती अधिकारीले भिडियो कन्फरेन्समा जोडेर विपिन जीवित नरहेको औपचारिक जानकारी दिएको जानकारी दिए ।

अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए ।

सो आक्रमणको क्रममा १० जना नेपाली विद्यार्थीहरु मारिएका थिए । हमास लडाकुहरुले विपिनलाई आफूसँगै लिएर गएका थिए ।

विपिनको अवस्था पत्ता लगाउन भन्दै सरकारको पहलमा विपिनकी आमा र बहिनी यसअघि इजरायल गएर फर्किएका थिए । त्यसपछि अहिले उनीहरु अमेरिकामा छन् ।

प्रतिक्रिया दिनुहोस्