Logo
Logo

विपिन जोशीको शव नेपाल ल्याउने प्रक्रिया सुरु


756
Shares

काठमाडौं । हमासको आक्रमणबाट मृत्यु भएका नेपाली विद्यार्थी विपिन जोशीको शव नेपाल ल्याउने प्रक्रिया सुरु भएको छ । मङ्गलवार इजरायलका परराष्ट्र मन्त्रालयका महानिर्देशक बार तालसँग परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राईले टेलिफोन वार्ता गरेसँगै जोशीको शव नेपाल ल्याउने प्रक्रिया सुरु भएको हो । 

The current image has no alternative text. The file name is: bipin-joshi-1.jpg

सो वार्ताको क्रममा महानिर्देशक बारले हमासको कब्जामा रहेको जोशीको निधन भएको र उनको शव पहिचान भइसकेको जानकारी गराउँदै जोशीको शव नेपाल पठाउने प्रक्रिया सुरु भएको जानकारी गराएका हुन् ।

हमासले विपिन जोशीको शव असोज २७ गते रेडक्रसमार्फत इजरायललाई हस्तान्तरण गरेपछि तेल अविवस्थित फरेन्सिकमा शव पहिचान भएको इजराइलस्थित नेपाल दूतावासले जानकारी गराएको मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

नेपाल सरकारले विगत दुई वर्षदेखि विपिन जोशीको सकुशल रिहाइका लागि कूटनीतिक तहमा निरन्तर प्रयास गर्दै आएको थियो । तर इजरायल र हमासबिच युद्ध विरामपछि २०२५ अक्टोबर १३ मा भएको भर्चुअल बैठकमार्फत इजरायली अधिकारीहरूले जोशी रिहा हुने बन्दीहरूको सूचीमा नरहेको र उनको अवस्था अज्ञात रहेको जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्