Logo
Logo

मधेशको मुख्यमन्त्रीमा दाबी पेस गर्न आज अपराह्न ४ बजेसम्मको समय


315
Shares

काठमाडौं । मधेस प्रदेशको मुख्यमन्त्री पदमा दाबी पेस गर्न आज अपराह्न ४ बजेसम्मको समय सीमा तोकिएको छ ।

मुख्यमन्त्री सतीशकुमार सिंहले मंगलबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नयाँ नियुक्तिका लागि दाबी पेस गर्न अपराह्न ४ बजे सम्मको समय तोकेकी हुन्।

आज अपराह्न ४ बजेभित्र प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री पदमा दाबी पेस गर्न भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्