Logo
Logo

प्रतिनिधिसभा विघटनविरुद्ध ११ दलसँग छलफल गर्दै सभामुख


378
Shares

काठमाडौं । सभामुख देवराज घिमिरेले आज विभिन्न राजनीतिक दलहरूसँग छलफल गर्दैछन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालत जाने गृहकार्यमा जुटेका सभामुख घिमिरेले संसद् पुनस्र्थापनाका विषयमा आज बिहान ९ बजे ११ राजनीतिक दलहरुसँग छलफल गर्न लागेका हुन् ।

सभामुखले नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा (एकीकृत समाजवादी) सँग छलफल गर्न लागेका हुन् ।

त्यस्तै, जनता समाजवादी पार्टी (जसपा) , जनमत पार्टी, जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टीलाई उनले छलफलमा बोलाएका छन् ।

राष्ट्रिय जनर्मोचा, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र आमजनता पार्टीलाई भने बोलाइएको छैन । प्रतिनिधिसभा विघटन हुनुअघिका प्रमुख सचेतकहरूलाई सभामुखले बोलाएका छन् ।

संसद् पुनस्र्थापनाको माग लिएर सभामुख सर्वोच्च जानुपर्छ कि पर्दैन भन्ने विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्