Logo
Logo

पाकिस्तान र अफगानिस्तानबीच ४८ घण्टा युद्धविराम


0
Shares

काठमाडौँ । सीमामा तनाब बढिरहेपछि पाकिस्तान र अफगानिस्तान ४८ घण्टाको युद्धविराम गर्न सहमत भएका छन् । पाकिस्तानको विदेश मन्त्रालयले ४८ घण्टाको युद्धविराम घोषणा गरिएको पुष्टि गरेको छ भने तालिबान प्रवक्ता जबिहुल्लाह मुजाहिदले युद्धविरामको पुष्टि गरेका छन् ।

पाकिस्तानको विदेश मन्त्रालयका अनुसार, आज साँझ ६ बजेदेखि युद्धविराम लागू भएको हो । तालिबानको अन्तरिम सरकारले पनि यस अवधिमा वार्ताको लागि अनुरोध गरेको छ । दुवै देशले एक अर्काको अनुरोधमा युद्धविराम लागू भइरहेको दाबी गरेका छन् ।

यसअघि बुधबार, पाकिस्तानले धेरै अफगान चौकीहरू ध्वस्त पारेको दाबी गरेको थियो । पाकिस्तानी सेनाको इन्टर-सर्भिसेज पब्लिक रिलेशन्सले एक विज्ञप्ति जारी गर्दै अफगान तालिबानले गरेको आक्रमणको बदला लिने कारबाहीमा १५-२० आक्रमणकारी मारिएको दाबी गरेको छ । यस अघि अफगानिस्तानले गरेको आक्रमणमा ठुलो संख्यामा पाकिस्तानी सेना हताहत भएको बताइएको थियो ।

प्रतिक्रिया दिनुहोस्